२०७८ फाल्गुन २१, शनिबार ०६:४८

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले पछिल्लो समय प्रदेश र संघबीच समन्वय हुन नसक्दा मधेश प्रदेशको खेलकुद गतिविधिमा सुस्तता आएको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार मधेश प्रदेश स्पोर्टस् फर अल कमिशन नेपाल ओलम्पिक कमिटीले गरेको ओलम्पिक डे २०२२ को अग्रीम योजना विस्तृत अभिमुखीकरण कार्यक्रममा मन्त्री महतोले सो कुरा बताए । उनले खेल क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याउंदै राजधानी जनकपुरधाम सहित प्रदेशको गाउं गाउंमा खेलकुद मैत्री वातावरण निर्माणमा जोड दिए । जनकपुरधाममा श्रीरामजानकी रंगशाला बनाउने कुरा वर्षौदेखि हुँदै आए पनि ढिलाइ भएको प्रसंग उल्लेख गर्दै मन्त्री महतोले खेलाडीका लागि आवश्यक संरचनाको विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा पूर्वकेन्द्रीय राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले विगतमा वीरेन्द्र शिल्ड जस्ता प्रतियोगिताहरू हुँदै आएको भए पनि अहिले कमी भएको प्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेशका सबै विद्यालयमा कम्तीमा एक जना खेलकुद शिक्षक नियुक्त गर्नुपर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा स्पोर्टस् फर अल कमिशनका केन्द्रीय अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक कमिटीले हालसम्म गरेका कार्य तथा आगामी योजनाहरूका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा मधेश प्रदेश स्पोर्टस् फर अल कमिशन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्वमेयर बजरंगप्रसाद साहले नेपाल ओलम्पिक कमिटीले खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागीहरूले खेल क्षेत्रको विकासका लागि मधेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले खेलकुदका लागि आवश्यक पूर्वाधार हुन नसकेको प्रति पनि चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा पूर्वखेलाडी जितेन्द्र महासेठ, प्रशिक्षक वीरेन्द्र कर्ण, विष्णु कुँवर, प्रवीण साह आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

Comment


Related News

Latest News

Trending News