अपडेट 
२०७८ फाल्गुन २१, शनिबार ०६:५२

जनकपुरधाम ।जानकी फाइनान्स कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्षबाट अमरनाथ गुप्तालाई अपदस्थ गरिएको छ ।

गुप्तालाई ७५ प्रतिशत बहुमतले अध्यक्षबाट हटाएर सञ्चालक समिति सदस्य रघुनाथप्रसाद साहलाई अध्यक्ष मनोनित गरिएको छ । जानकी फाइनान्स कम्पनीका अध्यक्ष गुप्ताले समितिको निर्णय बेगर नै आफ्नै स्वामित्वको गायत्री अतिथि कुञ्जमा फागुन २२ गते एकल निर्णयबाट साधारण सभा बोलाएको आरोप सञ्चालक समितिले लगाएको छ । समितिका नवनिर्वाचित अध्यक्ष रघुनाथप्रसाद साह, सञ्चालकहरु अशोककुमार जालान, दिप नारायण साहले संयुक्त रुपमा गुप्ताले आह्वान गरेको साधारण सभाको बैठकलाई समेत स्थगन गरेका छन् । फागुन ७ गते कम्पनीको साधारण सभामा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन, परिपत्र अनुसार कम्पनीको साधारण सभा सञ्चालक समितिका सदस्यको निजी स्वामित्वको स्थानमा गर्न मिल्दैन् । जानकी फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजत प्राप्त संस्था हो ।तर पछिल्लो समय ऋण प्रवाहमा आर्थिक चलखेल हुने गरेको आरोप अध्यक्ष गुप्तामाथि लाग्दै आएको छ ।पाँचौ पटक नागरिकताको प्रतिलिपि लिएका गुप्ताले कम्पनी सञ्चालक समितिको निर्णय बेगर नै उनी स्वयं अध्यक्ष रहेको गायत्री परिवारमा दुई लाख रुपैया दिएको आरोप छ । अन्य कतिपय संघसंस्थाहरुको वार्षिक उत्सव लगायतका कार्यक्रममा भोजभतेरका लागि आर्थिक सहायता मनपरी ढंगले गरेको पनि आरोप लागेको छ । आमनागरिकको लगानी समेत रहेको जानकी फाइनान्स कम्पनीमा अपदस्थ अध्यक्ष गुप्ताले मनपरी ढंगबाट रकम निकासा गरेकाले आवश्यक छानविन गरी नेपाल राष्ट्र बैंकले कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=tWGZ5Tgq468

Comment


Related News

Latest News

Trending News