नेकपा एकीकृत समाजवादी पार्टीको गौर नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
गौर राइस मिलको सभाकक्षमा शुक्रबार आयोजित एक समारोहबीच पार्टीका केन्द्रीय सह महासचिव डाक्टर विजय पौडेलको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । सो अधिवेशनले २ सय १ सदस्यीय नगर कमिटी र ९ सदस्यीय सल्लाहकार कमिटी गठन गरिएको छ । नब गठित नगर कमिटीको अध्यक्षमा मनोज सिंह , उपाध्यक्षमा उद्धव भट्टराई , मुनिन्द्र ठाकुर , हरेन्द्र कुशवाहा ,सचिवमा शम्भु पटेल सह सचिवमा मौजेलाल साह सहित २ सय १ जनाको चयन गरिएको छ । त्यसै गरी उपेन्द्र प्रसाद जयसवाल अध्यक्ष संजिव सिंह र भैरो पटेल उपाध्यक्ष सहित ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । प्रथम नगर अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृतिको कारण एमाले २ भागमा विभाजन हुने अवस्थामा पुगेको आरोप लगाए ।
पार्टीका पोलिट ब्युरो सदस्य राम कुमार भट्टराईले ओली नेतृत्व नेकपा एमालेमा भ्रष्टाचारी ,दलाली गर्ने प्रवृतिका नेताहरुको जमघट भएको टिप्पणी गरे । उदघाटन सत्रमा प्रदेश सदस्य शम्भु साह , शेख कलिमुल्लाह ,जिल्ला अध्यक्ष कमल राय यादव , उपाध्यक्ष इन्दु झा लगायतका नेताहरुले आ आफ्नो मन्तव्य दिएका थिए ।

