२०७८ फाल्गुन २१, शनिबार १२:२४

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली जनकपुरधाम आईपुग्नु भएको छ ।

आजबाट संञ्चालनमा आएको जनकपुरधाम-पोखरा उडानबाट मुख्यमन्त्री नेपाली जनकपुरधाम आईपुगेका छन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको विशेष आमन्त्रनमा उहाँ जनकपुरधाम भ्रमण गर्न तिन दिनका लागि आउनुभएको हो । मुख्यमन्त्री नेपालीसंगै गण्डकी प्रदेशका अर्थमन्त्रीलगायतका विशिष्ट अधिकारीहरु पनि उहाँ संगै जनकपुरधाम आएका हुन । मुख्यमन्त्री नेपाली, धनुषाधाम, जानकी मन्दिर घुम्नुका साथै, जनकपुरधाम-जयनगर रेलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलमा मुख्यमन्त्री नेपालीले संचारकर्मीहरुसंग बोल्दै, जनकपुरधाम आएकोमा अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले, आब मधेस प्रदेश र गण्डकी प्रदेशको पर्यटकीय सम्बन्ध अझः थप मजबुत हुने र विकासको नयाँ आयम दुबै प्रदेशमा थपिने विश्वास व्यक्त गर्नुभयो ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=tWGZ5Tgq468

Comment


Related News

Latest News

Trending News