वीरगन्ज स्थिती पर्सा जिल्ला प्रहरी कार्यालयको ग्रउन्डमा शनिबार भएको इन्डिया नेपाल मैत्री क्रिकेट मैचमा सिजि ११ बिजयी भएको छ ।
भारतीय अजादीको अमृत महोत्सवको अवसरमा भारतीय महाबाणिज्य दुतावासले आयोजना गरेको इन्डिया नेपाल मैत्री टि १२ क्रिकेट मैचमा सिडियो ११लाई पराजित गर्र्दै सिजि ११ बिजय भएको हो । १२ ओबरको खेलमा सिडियो ११टस जितेर बैटीग गरेको थियो ।पहिलो पारिमा सिडियो ११ले गरेको बैटिगंमा सिजि ११लाई ७२ रनको टारगेट दिएको थियो । दोश्रो पारिको बैटिमा ओर्लेको सिजि ११ले १०ओभरमै ७२ रन बनाए बिजयी भएको थियो । मैत्रीपुर्ण भएको उक्त क्रिकेट मैचमा सिडियो ११ टिममा जिल्ला प्रशासन कार्यालय पर्सा लगायत वीरगन्जमा निजामती तथा सुरक्षा क्षेत्रका कर्मचारीहरुको सहभागीत रहेको थियो भन्ने सिजि ११टिममा भारतीय महाबाणिज्य दुतावासका कर्मचारीहरुको सहभागीता रहेको थियो । खेलको अन्तमा भारतीय महाबाणिज्य दुतावासका प्रमुख महाबाणिज्य दुत नितेश कुमारले मैत्रीपुर्ण खेलले स्वस्थ्यता प्रदान गर्नुका सार्थै दुबै पक्षबिचको सम्बन्धमा अझ प्रगाढता स्थापित हुने धारणा व्यक्त गर्नुभएको थियो ।

