जीतपुरसिमरा उपमहानगरपालिका र साथी नेपालको आयोजनामा बुधवारदेखि सुरु भएको चार दिने महिला प्रजनन सम्बन्धी स्वास्थ्य शिविरमा ३ हजार २ सय जनाले स्वास्थ्यको चेकजाँच गराएका छन् ।
ड ु म र व ा न ा िस् थ त शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विशेषज्ञको टोलीसहित आयोजित शिविरको पहिलो र दोस्रो दिन १ हजार ५ सय जना र जीतपुरको फकिरा गिरी माध्यमिक विद्यालयमा भएको तेस्रो र चौंथो दिनको शिविरमा १ हजार ७ सय जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । स ा म ु द ा िय क सेवा प्रतिष्ठानसंगको सहकार्यमा आयोजित शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ्ग खस्ने समस्याको उपचार, पाठेघरको एक्सरे लगायत महिला प्रजनन सम्बन्धी रोगको परीक्षणको गरिएको हो । प्राविधिक टोलिसहितको शिविरमा अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सक डा. शितेष कोईराला, स्त्री रोग विशेषज्ञ डा. रिति लामिछाने, रुपा कर्माचार्य, पुष्पा कर्माचार्यलगायतका ११ जनाको टोलीले शिविरमा प्राविधिक सेवा प्रदान गरेको थियो । टोलीले महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहे नरहेको तत्काल जाँच गर्ने र समस्या देखिएका विरामीलाई निःशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडी बढाइने प्रतिष्ठानका सदस्य महादेव बानियाले जानकारी दिए । शिविरमा चेकजाँच गराएका विरामीहरुमध्ये ५६ जनालाई तत्कालै अपरेशन गर्नुपर्ने चिकित्सकहरुले औंल्याएका छन् ।
उपचारका क्रममा समस्या देखिएका विरामीको सम्पूर्ण खर्च शिविरको आयोजकले व्यहोर्ने बानियाँले जानकारी दिए । प्रजनन सम्बन्धी समस्या भए पनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले राहत दिने बानियाले बताए । शिविरमा जाँच गराउन आउने महिलाका लागि आयोजकले निःशुल्क यातायातको व्यवस्था समेत गरेको थियो । यातायात सुविधासहित निःशुल्क उपचार गरिने शिविरमा जाँच गराउन उलेख्य मात्रामा महिलाको उपस्थिति रहेको थियो ।

