२०७८ फाल्गुन २२, आईतवार ०६:४३

सुरेन्द्र भण्डारीको नेतृत्वमा गठन भएको नेकपा एमालेको जनकपुरधाम नगर कमिटी नै आधिकारिक भएको दाबी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनबाट गठन गरेको कमिटी नै आधिकारिक भएको सचिव राजकुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत सम्भव नभएपछि बहुमतको सम्मान हुनु पर्दछ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘जनकपुरधाम उपमहानगरकै कुल २५ मध्ये २३ वडा कमिटीका सभापतिहरु समेतको उपस्थितिमा भएको अधिवेशनले नगर कमिटी गठन गरेको पुनः यहाँहरु समक्ष निवेदन गर्न चाहन्छु ।’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रदेश सांसद, केन्द्रीय प्रदेश, जिल्ला, पालिका र वडाका नेताहरुसहितको उपस्थितिमा भण्डारीको नेतृत्वमा विधि पूर्वक कमिटी गठन गरिएको दाबी पनि सचिव साहले गरेका छन् ।

Comment


Related News

Latest News

Trending News