अपडेट 
२०७८ फाल्गुन २२, आईतवार ०७:०३

तेस्रो बकुलिया गोल्डकपको तेस्रो खेलमा खजुरी ११ विजयी भएको छ ।

बसन्तपुर युनाईटेड क्लब माडी,चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । विजय टिमका जर्सी नं.६ का खेलाडी अनिल पाँचेले खेल सुरु भएको ११ औँ र ३० मिनेट मैँ दुई गोल गरे भने सोही टिमका उज्जवल लामाले १९ औँ मिनेटमा १ गोल गरेका थिए । खेलको सुरु देखि नै खजुरी ११ ले युनाईटेड क्लब माडीलाई दवावमा राखेको थियो । जवाफमा खेलको ३९ औँ मिनेटमा खजुरी ११ को विरुद्ध युनाईटेड क्लब माडीका जर्सी नं.१० का खेलाडी अभिशेष महत्तोले एक गोल गर्न सफल भएका थिए ।

खेलको म्यान अफ दी म्याच आयोजक क्लबका अनिल पाँचे घोषित भएका थिए । आईतबारको खेल नमूना जन उत्थान क्लब सिन्धुली र बागमती युवा क्लब सर्लाही बीच हुनेछ । फागुन १९ गते देखि सुरु भएको प्रतियोगिता फागुन २८ गते सम्म चल्ने खेलमा विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News