२०७८ फाल्गुन २२, आईतवार १५:४६

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले दलीय आधारको निर्वाचन अभ्यासमा दलको आफ्नो चुनाव चिन्ह लिनबाट बाधिक गर्नु पूर्णतः अनुचित रहेको बताएका छन् ।

अध्यक्ष लालले आइतबार एक विज्ञप्ति जारी गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई आफ्नो चुनाव चिन्ह दिनुपर्ने माग गरेका छन् ।

‘स्थानीय तहमै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह जनताको बीचमा लग्न नपाउनु भनेको राजनीतिक दलको आधार खडा गर्नबाट जडोमा नै बलात् रोक्नु हो’, उनले विज्ञप्तिमा भनेका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय दल मान्यता प्राप्त ६ दलहरु मात्र स्थानीय चुनावमा आफ्नो चुनाव चिन्ह प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

आयोगको सो निर्णयलाई तमलोपा अध्यक्ष लालले त्रुटिपूर्ण भन्दै यस्ता त्रुटिपूर्ण कानून तत्काल समाप्त गर्ने गरी कानूनी निकास प्रदान गर्न माग गरेका छन् ।

Comment


Related News