२०७८ फाल्गुन २३, सोमबार ०७:१५

पर्सा जिल्लाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।

छिपहरमाई गाउंपालिका सिक्टापुल नजिकबाट शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली र दुई पोका लागूऔषध चरेश समेत बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए । सीमावर्ती भारत तर्फ पैदल जाँदै गरेको अज्ञात व्यक्तिहरुले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि पेस्तोल र चरेस राखिएको झोला छाडेर भागेको प्रहरीले जनाएको छ । चरेश फेला परेकोले ती व्यक्तिहरु लागुऔषधको तस्करी गर्नेहरु रहेको प्रहरीको आशंका रहेको छ । बरामद भएको पेस्तोल र लागुऔषध चरेश आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइसकेको जानकारी समेत डिआइजी मगरले दिएका छन् ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468

Comment


Related News