कांग्रेस धनुषाको नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । १४औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ कार्य समितिको लागि जनकपुरको तिरहुतिया गाछीमा मतदान हुन लागेको हो ।
मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक अरुण ज्ञवालीले बताए । मतपत्र छपाई, बुथ निर्माण, कर्मचारी परिचालन लगायको काम पूरा भइसकेको उनले बताए ।
९१ सदस्यीयको लागि हुन लागेको निर्वाचनमा मतदाताले ८७ जनालाई मतदान गर्ने छन् । यसरी एक जनाले ८७ जनालाई मतदान गर्नुपर्ने छ । चार जना निर्विरोध निर्वाचित भएका छन् ।
३ हजार एक सय मतदाताले तिरहुतिया गाछीको पूर्व गेटबाट प्रवेश गरेर मत हाल्दै पश्चिम गेटमा बाहिरिने व्यवस्था मिलाइएको छ । मधेश प्रदेश समितिको निर्वाचन गोपाल धर्मशालामा गराइएको थियो ।
सभापति, उपसभापति, सचिव र उपसचिवको एकरएक, भुगोलतर्फ उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको एकरएक, समावेशीतर्फ मधेशी पुरुष र महिला एकरएक तथा अन्यको एक गरी १० छुट्टाछुट्टै ब्यालेट रहने निर्वाचन संयोजक ज्ञवालीले बताए ।
चार वटा प्रतिनिधिसभा क्षेत्रको लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएपनि काउन्टर संख्या भने २५ राखिएको उनले बताए । एक जनालाई मतदान गर्न घटिमा आधा घण्टा समय लाग्ने भएकोले काउन्टर संख्या थपिएको हो । निर्वाचन व्यवस्थापनको लागि शुभेच्छुक संस्थाका करिब एक सय जना प्रतिनिधिहरु खटाइएको छ । धनुषामा नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ ।
संस्थापन पक्ष, शेखर कोइराला र विमलेन्द्र निधि पक्षले छुट्टाछुट्टै प्यानल खडा गरेर उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति सन्तोषकुमार यादव, कोइराला पक्षबाट दिनेश प्रसैला यादव र निधि पक्षबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले सभापतिमा उम्मेदवारी दिएका छन् ।
महाधिवेशन र प्रदेश अधिवेशनमा क्षति बेहोरेका पूर्वउपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिको लागि धनुषा प्रतिष्ठाको विषय बनेको छ । केन्द्रीय सभापतिमा पराजित भएका नेता निधिको उम्मेद्वारले प्रदेशमा पनि हार व्यहोरेको थियो । गृह जिल्ला जोगाउन नेता निधि प्रयासरत छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर पजियारलाई उम्मेदवार बनाएका उनी असन्तुष्ट नेता र कार्यकर्तासित सोझै फोन सम्पर्क गरेर सहयोग मागेको एक जना नेताले बताए । क्षेत्र ३ मा नेता निधिको वर्चश्व रहेपनि बाँकी तीन वटा क्षेत्रमा कडा प्रतिस्पर्धा छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=10s

