२०७८ फाल्गुन २४, मंगलवार ०७:१५

रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जन भन्दा बढी कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी र नेपाली कांग्रेस परित्याग गरी एक दर्जनभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । नेकपा एमाले, माओवादी, कांग्रेसले पटक पटक सत्तामा पुगे पनि मधेश र मधेशी जनताको हक अधिकार दिन नचाहेकोले बाध्य भएर मधेशवादी दल जसपामा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

नवप्रवेशीहरुलाई जनता समाजवादी पार्टीका नेता योगेन्द्र राय यादवले टिका, फूलमाला तथा खादा ओढाइ स्वागत गरेका थिए । कार्यक्रममा नेता यादवले मधेशी जनताको अधिकार र पहिचानका लागि सबभन्दा पहिले आवाज उठाउने तथा सधै लडिरहने एकमात्र पार्टी जसपा रहेको बताए । जसपा बाहेक एमाले, माओवादी, कांग्रेस लगाएतका दलले मधेशीको अधिकार दिलाउने नाममा मधेशीलाई पटक पटक ठग्ने काम मात्र गर्दै आएकोले आउँदो स्थानीय तहको निर्वाचनमा यी दलहरुलाई भोट नहाल्न उनले सबैलाई आग्रह गरे ।

 

Comment


Related News