२०७८ फाल्गुन २४, मंगलवार ०७:२८

भारतबाट भन्सार छली गरी नेपाल भित्रियाइएको दुई लाख भन्दा बढीको अवैध सामान धनुषा प्रहरीले बरामद गरेको छ भने एक जनालाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुर उप–महानगरपालिका– ४ बाट धनौजी गाउंपाकिला–४ का ३० वर्षीय रविन्द्र मण्डलले भारतबाट बीआर ४४–एल –५९८७ नम्बरको भारतीय मोटरसाइकलमा बोकेर ल्याउंदै गरेको सामान सहित नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न ब्राण्डको १ सय ५७ पिस साडी तथा मोटरसाइकल गरी दुई लाख ८ सय बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सामान तथा व्यक्तिलाई जनकपुर भन्सार कार्यालयमा बुझाइने जानकारी जिप्रका धनुषाले दिएको छ ।

 

Comment


Related News