महिलाहरुको सवलीकरण सशक्तिकरण र समानताका लागि सामाजिक न्याय र लैंगिक समानता , दिगो विकास र सुनिश्चितता भन्ने मूल नाराको साथ राजधानी जनकपुरधाम सहित मधेश प्रदेशको विभिन्न जिल्लामा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सो दिवसको अवसरमा मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको अगुवाई तथा यु.एन.एफ.पिए, युनिसेफ, सेभ द चिल्ड्रेन, लाईफ नेपाल लगायत जनकपुर स्थित महिला अधिकारको क्षेत्रमा कार्यरत ३० भन्दा बढी गैर सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा प्रभात फेरी, जनचेतनामूलक सडक नाटक, आत्मरक्षा सम्बन्धी कला प्रर्दशन गरिएको थियो भने स्थानीय जानकी मन्दिरको प्रांगणबाट निकालिएको प्रभात फेरी राम चोक, जनक चोक, शिव चोक, भानु चोक हँुदै जनकपुर रेल्वे स्टेशनमा पुगेर कोण सभाामा परिणत भएको थियो । प्रभात ¥याली नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, नागरिक समाजको उल्लेखनीय सहभागिता रहेको थियो । महिला दिवसको अवसरमा महोत्तरीको औरही नगरपालिकाले पनि महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा महिलाको हक अधिकार तथा महिला हिंसा विरुद्ध प्रभात ¥याली औरही नगरपालिका–३ मा नगरपालिकाले निर्माण गरेको धर्मशालामा सम्पन्न भएको थियो र्। सामाजिक न्याय लैङ्गिक समानताः दिगो विकासको सुनिश्चता’ मूल नाराको साथ मनाईएको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । सो अवरमा मेयर सुनिल यादवले महिला पुरुषको विभेद, छोरा छोरी बीचको विभेद जस्ता विकृति हाम्रो समाजबाट नहटाए सम्म महिलाको सम्मान अधिकार र सम्मान हुन नसक्ने बताए । मुलुकको विकास र समाजिक न्यायका लागि हाम्रो समाजमा रहेको महिला हिंसा, विभेद जस्ता विकृतिलाई हटाउन सबै पक्षको सहयोग आवश्यक रहेको चर्चा गर्दे नगर भित्र कार्यरत रहेका महिला कर्मचारी, महिला स्वयम् सेविकाहरुलाई नगरपालिकाले विशेष सम्मान दिएको बताए ।
त्यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकामा कार्यरत महिला कर्मचारी, स्वास्थ्य स्वयम सेविका, महिला वडा सदस्यहरुलाई सम्मान गरेको छ । महिला हिंसा,भ्रूण हत्या, बलात्कारका घटना दिनहुँ भईरहेको बताउदै उनले महिला पुरुष बीचको भेदभावको अन्त्य तथा महिलाको सम्मान अधिकार दिनुपर्ने बताए । औरही नगरपालिका सहायक महिला विकास अधिकृत समीक्षा यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्रा, कार्यपालिका सदस्य सुरेन्द्र साह सहितले मन्तव्य राखेका थिए । त्यस्तै रौतहटको विभिन्न पालिकामा ११२ आंै अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।गौर नगरपालिका र युएनएफपिएको संयुक्त आयोजनामा गौर स्थित ब्यारेक मैदानमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , प्रहरी उपरीक्षक विनोद घिमिरे गौर नगरपालिका नगर उपप्रमुख किरण ठाकुरले महिलाहरुको सामाजिक न्याय तथा समानताको विषयमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा महिलाहरुलाई सम्मान समेत गरिएको थियो । महिलाहरु तथा बाल बालिकाहरुले महिला हिंसा , लैंगिक विभेद ,कुरीति विकृति विरुद्ध जनचेतनामूलक झाँकी प्रस्तुत गरेका थिए । राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अध्यक्षतामा राजदेवीमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध भएकी महिलाहरुलाई नारी दिवसको अवसरमा सम्मान गरिएको थियो । अखिल नेपाल महिला संघ क्रान्तिकारी , महिला सुरक्षा दवाव समूह , टेवा , साथ साथ सिकाई , समता बोर्डिंग स्कुल , सफल बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न कार्यक्रममा २० जना महिलालाई सम्मान गर्नुको साथै महिला मुक्तिका जनवादी गीत , कविता प्रतियोगिता समेत गराईएको थियो । प्रमिला रानाको सभापतित्व तथा देवेन्द्र पटेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य देवकी नेपाल , विपिन जयसवाल , धीरज पटेल , वृन्दावन नगरपालिकाका नगर प्रत्याशी राम प्रसाद पटेल लगायतका नेताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । कमला ढकालले संचालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका १८ पालिकाका नगर कमिटी अध्यक्ष , निर्वाचित वडा अध्यक्ष र वर्गीय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउंपालिका ,मौलापुर नगरपालिका , बौधीमाइ नगरपालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका समेतमा कार्यक्रम आयोजना गरी नारी दिवस मनाईएको छ ।
यसै बीच रौतहट जिल्लाको गौर नगरपालिका– ५ मा संचालित निजी विद्यालय न्यु होप एकेडमी इंगलिस बोर्डिंग स्कुलमा कार्यरत महिला शिक्षिका र अभिभावकहरुलाई सम्मान गरिएको छ । ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रम आयोजना गरी अभिभावक र महिला शिक्षिकाहरुलाई सम्मानित गरिएको छ ।गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले कार्यक्रममा विद्यालयमा खटिने शिक्षक शिक्षिकाहरु तथा पढ्ने विद्यार्थीका आमाहरुलाई खादा लगाएर सम्मानित गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख ठाकुरले नारी दिवसको अवसरमा अभिभावकको रुपमा महिलाहरुको सहभागिता देखेर हर्षित भएको बताएकी छिन् । उनले महिलाहरु अब आर्थिक ,सामाजिक ,राजनीतिक रुपमा बलियो हुनु पर्ने जोड दिए । त्यस्तै ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जीतपुर सिमरा उपमहानगरका बिभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ । जीतपुरसिमरा उ प म ह ा न ग र प ा िल क ा क ा े आयोजनामा सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता भन्ने मूल नाराको साथ जीतपुरमा गरिएको कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला उद्यमी ,सहकारीकर्मी ,सञ्चारकर्मी ,स्वयंमसेविका लगायतका महिलाहरुलाई सम्मान गरिएको छ । ८५ बर्ष पुगेका ज्येष्ठ नागरिक महिलाहरुलाई हर्लिक्स ,छाता ,टर्च र सल प्रदान गरिएको थियो । विभिन्न क्षेत्रबाट आएका महिलाहरुलाई जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेल ,उप प्रमुख सरस्वती देबी चौधरी र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले संयुक्त रुपमा सामग्री वितरण देखि प्रशंसा पत्रले सम्मान गरेका थिए । सम्मानित हुनेमा ८५ बर्ष र सो भन्दा माथिका महिला ज्येष्ठ नागरिक १ सय ३६ जना ,उद्यमी एकल महिला १५ जना ,प्रहरीबाट एक जना ,बजार क्षेत्र भन्दा बाहिर रही सहकारी सिद्धान्त बमोजिम सञ्चालित महिला नेतृत्वको सहकारीका दुई जना र लामो समयसम्म स्वास्थ्य क्षेत्रमा महिला स्वयंम सेविकाको भूमिकामा रही सेवा प्रदान गरेका तीन जनालाई सम्मान गरिएको महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक विकास शाखाकी नितु साहले जानकारी दिइन् । त्यस्तै अनेम संघ क्रान्तिकारीे जीतपुर सिमरा उपमहानगर कमिटीले ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सिमरामा स्वतन्त्रताको प्रतीकको रुपमा मनाएको छ । यसैगरी ११२औं अन्तर्राष्ट्रिय नारी दिवस सर्लाहीको पर्सा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ। पर्सा गापा अन्तर्गत महिला विकास शाखाको आयोजना तथा गापा उपाध्यक्ष ईन्द्रकला देवी साहको अध्यक्षता र गापा अध्यक्ष किशुनदेव यादवको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । नेपालसहित विश्वभरिका महिलाहरूले हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभरि लैंगिक समानता र न्यायको पक्षमा वकालत गर्दै विभिन्न कार्यक्रमहरू गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएका छन् ।
सोही अवसरमा सर्लाहीको पर्सा गापाले ६ वटै वडाका वडाध्यक्ष,पालिकाका कर्मचारी,राजनीतिकर्मी,स्थानीय समाजसेवी तथा विद्यार्थीहरुको सहभागितामा बिहान कार्यक्रम स्थल वडा न–६ स्थित पनपिइ पोखरी प्राथमिक विद्यालयको प्रांगणबाट महिला अधिकार सम्बन्धी विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानर लिएर गाउँपालिकाको विभिन्न वडा तथा टोलको परिक्रमा गरेका थिए । महिला विकास शाखाले “लैंगिक समानताले महिला सशक्तीकरणमा खेलेको भूमिका“को विषयमा पालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहबीच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरेको छ । दिवसकै अवसर पारेर पर्सा गापाका कर्मचारी,उत्कृष्ट महिला समाजसेवी र अपाङ्गता संजालकी महिला प्रतिनिधि धनलुटन देवीलाई समेत गापाअध्यक्ष यादव र उपाध्यक्ष साहले सम्मानित गरेका थिए । यसैगरी वार्षिक परीक्षामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका गापा अन्तर्गतका सबै सामुदायिक विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका छात्राहरुको हौसला बढाउनको लागि उनीहरूलाई पनि सोही कार्यक्रम मार्फत पुरस्कृत गरिएको मवि शाखा प्रमुख यादवले जानकारी दिएकी छिन् ।

