२०७८ फाल्गुन २५, बुधबार ०७:०३

रौतहटको गरुडामा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारसहरुसंगको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हेल्भेटास–स्वीस इन्टर अपरेशन्सको प्राविधिक सहयोग तथा माण्डवी संस्थाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा वैदेशिक रोजगारलाई कसरी सुरक्षित र मर्यादित बनाउने भन्ने बारेमा जानकारी गराइएको छ । कार्यक्रमका प्रशिक्षक माण्डवी संस्थाका कार्यक्रम संयोजक अरविन्द चौधरीले सुरक्षित आप्रवासन सामी परियोजनाले गरिरहेको कार्यको बारेमा प्रकाश पारेका थिए । रौतहटको १८ वटा स्थानीयतह मध्ये चन्द्रपुर, गरुडा र गौर नगरपालिका तथा दुर्गाभगवती गाउंपालिका गरी यी चारवटा स्थानीय तहमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालनमा रहेको छ । सरकारले वैदैशिक रोजगारीमा जानका लागि तयारी र रोजगारी पछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित गर्न यो परियोजना सञ्चालनमा ल्याइएको छ । परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानूनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापना कार्यक्रम गर्दै आएको छ ।

स्थानीयतह मार्फत सञ्चालित यस परियोजनाको मुख्य लक्ष्य वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगिएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने, यसका लागि उजुरी र गुनासो सुनुवाई तथा कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वैदेशिक रोजगारीले ल्याएको सामाजिक लागत कम गर्दै लैजाने क्रममा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आप्रवासी कामदार सञ्जालको गठन तथा कार्यक्षमता अभिवृद्धि गर्ने, सम्बद्ध सरकारी निकायहरु, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार न्यायाधीकरणको कार्य क्षमतामा थप अभिवृद्धिका लागि सहयोग पु¥याउने सहितका रहेको कार्यक्रममा जानकारी गराइएको थियो । परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तीनका परिवारका सदस्यहरूको सामाजिक, आर्थिक लाभ र आम्दानी वृद्धि भएको बताइएको छ । पछिल्लो समयमा राम्रो काम र आकर्षक तलबको प्रलोभन दिएर दलाल एजेन्टहरु वैदेशिक रोजगारमा जाने लाखौं व्यक्तिको लाखौं लाख ठगी गर्ने गरेकोले सकेसम्म एजेण्ट मार्फत वैदेशिक रोजगारीमा नगई म्यान पावर कम्पनीमार्फत मात्र विदेश जान सुझाव दिइएको छ ।

विदेश पठाउनका लागि दलालहरुले एक व्यक्तिसँग २ लाखसम्म रुपैयाँ लिने गरेका छन, राम्रो पैसा कमाउने प्रलोभनमा पारी लाखौं रुपैयाँ तिरेर विदेश जाने युवाहरु विदेशमा पुगेपछि एजेन्टले भनेको अनुसार न त काम पाउँछन न तलब नै, त्यसपछि उनीहरु अलपत्र पर्ने गरेकोले म्यानपावर कम्पनी मार्फत नै विदेश जान सुझाव समेत दिइएको छ । सामान्य पढाइलेखाइ भएका र राज्य संयन्त्रमा राम्रो पहुँच नभएका त्यस्ता पीडितले दलाललाई कारवाहीका लागि पहलको आँटसम्म गन नसक्ने भएकोले दलाल मार्फत कसैलाई पनि वैदेशिक रोजगारीमा नजान सुझाव दिएको छ । सीप बिना विदेश जाँदा धेरै युवाले अनावश्यक दुःख भोगिरहेकोले सीप सिकेर मात्र विदेश जाँदा राम्रो काम र सोचे जस्तो पैसा कमाउन सकिन्छ भन्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।

Comment


Related News