२०७८ फाल्गुन २५, बुधबार ०७:१९
डिभिजन वन कार्यालय धनुषाले अवैध सालको काठ बरामद गरेको छ ।
वन कार्यालय धनुषाले सोमबार अबेर साँझ पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको जनाएको छ । वन कार्यालयले धनुषाधाम नगरपालिका–६ मालटोलको खेतबारीमा लुकाएर राखेको अवस्थामा पाँच ट्रयाक्टर अवैध सालको काठ बरामद गरेको हो । धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णका अनुसारे २५५.०९ क्यूफिट काठ बरामद गरिएको छ । जसमा १ सय ८१ थान गोलिया र चार थान चिरान गरी १ सय ८५ थान काठ रहेको छ । वन कार्यालय धनुषाले पहिलो पटक यति ठूलो मात्रा अवैध सालको काठ बरामद गरेको छ । वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा काठ नियन्त्रणमा लिइएको र काठ सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ ।

