२०७८ फाल्गुन २५, बुधबार ०७:४१

नारी दिवसका अवरमा नेपाल भारत खुला सीमा संवाद समूह तथा क्लोथ बैंक नेपालको आयोजनामा जनकुपरधाममा सीमावर्ती महिलाहरुको समस्या तथा सम्भावना विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको छ ।

मंगलबार जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा सखी बहिनपा समूहकी भारती चौधरीको सक्रियता र क्लोथ बैंकका भारती झाको अग्रसरतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले राज्यको हरेक निकायमा महिलाहरुको समान पहुँच हुनु पर्ने माग अघि सारेका थिए । राजनीतिक दलमा पनि महिलाहरुको सहभागिता अझै पनि न्यून रहेकोले यस प्रति सम्बन्धित पक्ष गंभीर हुनु पर्नेमा सहभागीहरुले जोड दिए । पुरुष प्रधान समाजमा अझै पनि श्रमिक महिलाहरुको कार्य क्षेत्रमा मात्र नभई घरमा समेत प्रताडित हुने गरेको दुर्भाग्यपूर्ण अवस्था रहेकोले सरकारले संविधानमै महिलाहरुको लागि कडा कानून निर्माण गर्नु पर्ने आवश्यकता समेत उनीहरुले औंल्याए । सीमावर्ती क्षेत्रका महिलाहरु हरेक क्षेत्रमा अझै बढी पछाडि परेकाले उनीहरुको लागि विशेष कार्यक्रम ल्याएर प्रदेश तथा संघ सरकारले विशेष आरक्षणको व्यवस्था गर्नु पर्ने आवश्यकता समेत उनीहरुले औंल्याएका थिए ।

क्लोथ बैंक नेपालका अध्यक्ष राजिब झाको पहलमा भएको सो कार्यक्रममा तीन दर्जन भन्दा बढी महिलाहरुलाई गमछा ओढाई सम्मान गरिएको थियो भने सहभागीहरुलाई जानकी मन्दिरको प्रतिमा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अरुणा मिश्र , पुनम झा मैथिल , सुनिता मिश्रले कविता , नारीको अवस्था बारे प्रकाश पार्नुका साथै भारती चौधरीले लोक गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा प्रदेश साँसद सुरिता साह ,नेकपा एकीकृत समाजवादीका नेता डा.अजय कुमार झा , लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ बिभा ठाकुर ,सामाजिक अभियन्ता मनिष झा श्रीओम सहितका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । यसै बीच साइट नेपाल वेल्हीले जनकपुरधाम स्थित सकल भवन कन्या उच्च माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वक्तृत्व कला

Comment


Related News