२०७८ फाल्गुन २५, बुधबार ०८:०८

जनकपुरधाम । नेपाली कांग्रेसको धनुषा जिल्लामा सोमबार भएको मतदानमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको कारण पूनःमतदान हुने भएको छ ।

सभापति पदका लागि मंगलबार अबेर राती मतगणना सम्पन्न भएको थियो । कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसके दोस्रो चरणमा प्रमुख दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । सभापतिका उम्मेदवारहरु मध्ये विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारले ९ सय ८९ मत, संस्थापन पक्षका सन्तोष यादवले ५ सय ४० मत र डा.शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैला यादवले ५ सय २९ मत प्राप्त गरेका छन् । तीनै जना मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले सभापति पदका लागि पूनःमतदान हुने भएको छ ।पहिलो र दोस्रो भएका पजियार र यादव बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । धनुषामा करिब ३ हजार २ सय मतदाता रहेका छन् । सो मध्ये २ हजार ९ सय १२ मत खसेको थियो ।

पहिलो चरणमा निर्वाचित हुन १ हजार ४ सय ८६ मत ल्याउनु पर्नेछ । सभापतिको मतगणनामा निर्वाचन क्षेत्र नम्बर ४ मा सभापतिका उम्मेदवार सन्तोष यादवले २ सय ९२ मत, योगेन्द्र पजियारले २ सय ६२ र दिनेश प्रसैलाले ८० मत प्राप्त गरेका थिए । ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सो क्षेत्रमा कूल ६ सय ९३ मत खसेको थियो । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा योगेन्द्र पजियारले ४ सय ९५ मत, सन्तोष यादवले १ सय १० र दिनेश प्रसैलाले ३९ मत प्राप्त गरे । २७ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नम्बर २ मा अपेक्षाकृत प्रसैलाले मत ल्याउन सकेनन् ।त्यहाँ पनि पजियारले उत्साहजनक मत प्राप्त गरेका छन् । डा.कोइराला पक्षका नेता रामकृष्ण यादवले खुलेर प्रसैलालाई नसघाएको आरोप छ । क्षेत्र नं. २ मा प्रसैलाले ४ सय १० मत प्राप्त गरे । त्यसैगरी योगेन्द्र पजियारले २ सय २९ मत र सन्तोष यादवले १ सय ३८ मत प्राप्त गरेका छन् । ८ सय मतदान भएको सो क्षेत्रमा २३ वटा मत बदर भएको छ । राती साढे ११ बजे सम्म निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको थियो ।

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

Comment


Related News