२०७८ फाल्गुन २५, बुधबार ११:४५

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन्।

एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र  वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=tWGZ5Tgq468&t=5s

Comment


Related News