२०७८ फाल्गुन २६, बिहीबार ०६:४५

सर्लाहीको गोडैता नगरपालिका–६को एक घरमा आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ ।

स्थानीय विन्देश्वर राउत कुर्मीको घरमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कुर्मीको खरले छाएको कच्ची घरमा खाना पकाउने क्रममा चुल्होबाट अचानक आगो सल्किन गइ आगलागी हुँदा घरसहित घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन तथा काठको फर्निचरहरु गरी अनुमानित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र पशु चौपायको भने क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागी स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News