२०७८ फाल्गुन २६, बिहीबार ०७:३७

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरुका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल बलबा नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

बुधबार परिक्रमा यात्रीहरु ध्रुबकुण्ड पुगेको र सोही ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरिएको समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव बलिराम कापरीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सयौंको संख्यामा यात्रीहरुको उपचार गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको छ । सो क्रममा समाजवादी विद्यार्थी धनुषाका उपाध्यक्ष सरोज यादव, सदस्य रामभगत यादव, मोडेल इकाईका अध्यक्ष अनित कुमार मण्डल, एनएचआरडी इकाईका अध्यक्ष नवीन यादव राजर्षी जनक विश्वबिद्यालय इकाइका अध्यक्ष अनिरुद्ध यादव लगायत बलबा नगरपालिका–४ निर्वाचित वडाअध्यक्ष प्रमोद यादव र १० का वडाअध्यक्ष राजकुमार यादव सहित पार्टीका नेता तथा कर्याकर्ताहरुले स्वयंम सेवकको रुपमा सेवा दिएका थिए ।

Comment


Related News

Latest News

Trending News