२०७८ फाल्गुन २६, बिहीबार १२:४१
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतापछि देश विकास हुनुका साथै रोजगारका अवसर बढ्ने बताउनुभएको छ ।
एमसीसी सम्झौता अनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने उहाँको भनाइ छ ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गर्नुभएको हो ।
एमसीसीबाट आउने रकम ऋण नभई अनुदान रहेको उहाँले स्पष्ट पार्नुभयो ।
काँग्रेस सभापति समेत रहनुभएका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

