वीरगंज । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार बिहिबार औपचारिक रुपमा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । मेयर रौनियारलाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।
नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको नव निर्वाचित जिल्ला कार्य समितिको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्दै पार्टीका सभापति देउवाले रौनियारलाई पार्टीमा स्वागत गरेका थिए ।
गत निर्वाचनमा नेपाली जनता दलबाट पोखरियाको मेयरमा रौनियार निर्वाचित भएका थिए । अब नेपाली काङ्ग्रेसबाट पुनः मेयरमै चुनाव लड्ने रौनियारको तयारी छ ।
यस अघिदेखि नै मेयर रौनियार कांग्रेसको विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका थिए । केहि महिना अघि नै मेयर रौनियार कांग्रेस प्रवेश गरेको गरेपनि औपचारिक रुपमा बिहिबार मात्र पार्टी प्रबेश गरेका हुन् ।
कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, पूर्व जिल्ला सभापति अजय द्विवेदी, नेता अनिल रुगंटा, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा लगायतको सहभागिता रहेको थियो ।

