२०७८ फाल्गुन २७, शुक्रबार ०७:१७
भारतबाट भन्सार छली गरी ल्याइएको तीन लाख उनाइस हजार भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सबैला प्रहरी चौकी समेतबाट खटेको संयुक्त टोलीले सबैला नगरपालिका– ९बाट ३ लाख १९ हजार ५ सय २० रुपियाँ बराबरको चीनी ,खानेतेल लगायतका सामानहरु बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला पारिएको सो सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जनकपुरधाम भन्सार कार्यालयमा बुझाइएको छ ।

