व्यापारिक मार्ग वीरगञ्ज पथलैया व्यापारिक मार्गको एकल बोलपत्र रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।
४ करोडको व्यपारिक मार्ग वीरगञ्जको पावरहाउस देखि रजत जयन्ती चोक सम्म र रजत जयन्ती चोकदेखि मितेरी पूल सम्मको सडक निर्माण गर्नको लागि सागर र समा निर्माण कम्पनी संगको मिलोमतोमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डरको आह्वान गरिएको भन्दै सर्वोच्च अदालतमा सडक विभागलाई विपक्षी बनाई मुद्दा दायर गरिएको थियो । सो मुद्दाको सुनवाई गर्दै सर्वोच्च अदालतले अनियमितता र मिलोमतो बोलपत्रलाई तत्कालका लागि ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो । एकल प्रतिस्पर्धीलाई सीमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाइएको ठेक्काले राज्यको ढुकुटीबाट करोडोको क्षति पु¥याउने बदनियत रहेको भन्दै त्यति बेला नै स्थानीय निर्माण व्यवसायीहरुले सो को विरुद्धमा उजुरी दिएका थिए । व्यापारिक मार्ग विस्तार वीरगञ्ज पथलैयाले आर्थिक लोभको कारण एकल बोल पत्र बिना प्रतिस्पर्धी स्टिमेट बराबरको रकम ठेक्का हुने गरी दाखिला गरिएको स्थानीय निर्माण व्यवसायीहरुले बताए ।

