२०७८ फाल्गुन २८, शनिबार ०७:२९

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सहीदको सपना साकार हुने विश्वास व्यक्त गरेका छन् । उप–महानगरपालिकाद्वारा जनकपुरधामको मुजेलियामा निर्माण गरिएको सहीद गेटको समुद्घाटन समारोहलाई सम्वोधन गर्दै मेयर साहले मधेश आन्दोलनको क्रममा राज्य पक्षवाट भएको ज्यादतिको आलोचना गरेका थिए । उनले भने–‘मधेश आन्दोलनको क्रममा राज्य पक्षवाट गैर नागरिक जस्तो व्यवहारलेनै मधेश सरकार गठन भएको छ ।

’ राज्यले गरेको उपेक्षावाट आजिज मधेशी सपुतहरु आफ् नो अधिकारकोलागि गरेको आन्दोलनमा खोजि खोजि टाउकोमा गोली हान्नुले राज्य मधेशी प्रति कतिको क्रुर रहेको स्पष्ट हुने गरेको बताए । उनले मधेशका स्थानीय तहहरुमा अहिले पनि आफ्नो अधिपतित्व खोज्ने गरेका कारण विकास निर्माण देखि लिएर कार्यालय सञ्चालनमा समेत बाधा व्यवधान उत्पन्न भएको जिकिर गरेका थिए । उनले कार्यालयमा सञ्चालनमा जे जति बाधा व्यवधान आएपनि आपूm अडिग भएर उभेको तर राज्यको ढुकुटी रिक्त गर्न चाहनेहरुको मनोकांक्षा पूरा हुन नदिएको बताए । उनले भने–‘शहीदको सहादतको बलमा म मेयर भए, भोज भतेर र अनावश्यक खर्च नगर्छु नगर्न दिन्छु ।’ मेयर साहले भने–‘हामी निर्वाचित भएर आएपछि पहिलो बैठकवाट नगरपालिकाको नामको आगाडिमा धाम थप्ने र शहीद गेट निर्माण गर्ने निर्णय गरेको र आज त्यो साकार भएको छ ।’ मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरुको गुण भुल्न नसक्ने बताउँदै मेयर साहले अधिकार, पहिचान र सम्मानकालागि आफ् ना जिवन उत्सर्ग गरेकाहरुको ऋण चुक्ता गर्न नसक्ने बताएका थिए ।

करिव साढे चार करोडको लागतमा दुई बर्षको समयमा निर्माण गरिएको सो शहीद द्वारमा सञ्जय चौधरी, निकु यादव र दिलीप यादवको शालिक संगै मधेश आन्दोलनको क्रममा मेची देखि महाकाली सम्मका मधेश आन्दोलनका एक सय १६ जना शहीदहरुको नामप्लेट समेत राखिएको छ । नेपालमै पहिलो चोटी सहीदको संस्मरणमा द्वार बनाइएको हो । मधेश आन्दोलनको क्रममा सञ्जय, निकु र दिलीपको अन्त्येष्टि गरिएको मुजेलियामा सो द्वार निर्माण गरिएको छ । सो द्वार धनुष आकारको बनाइएको छ भने धनुष माथि भगवान रामको प्रतिमा समेत स्थापना गरिएको छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News