२०७८ फाल्गुन २८, शनिबार ०७:३७

भारतीय सीमासंग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउंपालिकामा रहेको राजविराज भन्सार कार्यालयमा राखिएका सयौं अवैध सवारीसाधनहरु वर्षौदेखि लिलामी नहुँदा जीर्ण भएको छ ।

२०६८ सालदेखि थन्एिको सवारी साधनहरु लिलामी नहुँदा खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ भने सवारी पक्राउ परेका सवारी साधन राख्ने ठाउँको समेत अभाव हुन थालेको छ । भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाका अनुसार यति लामो समय लिलामी नभएको र वर्षायाममा बाढीको पानीमा डुबेर सवारीसाधन सड्न थालेपछि लिलामीबाट उठाउन सकिने लाखौं राजश्व नोक्सानी हुने अवस्थामा पुगेको छ । भन्सार कार्यालय परिसर नै वर्षायाम भरि डुबानमा पर्ने गरेको छ । जसकारण लिलामीका लागि पठाइएका सवारीसाधनको सुरक्षा र व्यवस्थापन गर्न झन समस्या भएको भन्सारका कर्मचारीहरुको गुनासो छ ।

प्रमुख झाले आफू तीन महिना अघि मात्र सरुवा भइ आएको बताउँदै लिलामीका लागि पठाइएका सवारीसाधनको विवरण तयार पार्न लागेको जानकारी दिए । “लामो समयदेखि अलपत्र परेको ती सवारीसाधन मध्ये कतिपयको इन्जिन र चेसिस नम्बर प्रष्ट बुझिने अवस्था नरहेको बताउँदै उनले भने, “लहानस्थित यातायात कार्यालयबाट प्राविधिक ल्याएर भए पनि ती सवारीसाधनको पहिचान गर्ने काममा हामी लागेका छौं ।” जिल्लाका विभिन्न स्थानबाट प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएका अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाए पनि कतिपय सवारीसाधनको हकमा मुद्दा समयमै फैसला नहुँदा र फैसला भइसकेका मुद्दाका सवारीसाधनको पनि विगतका प्रमुखहरुले समयमै भेरिफाई (पहिचान) गर्ने काम गर्न नसक्दा लिलामी प्रक्रियामा ढिलाई भएको छ । कर्मचारीहरुको लापरवाही र सम्बन्धित निकायको मौनताको कारण लाखौं राजश्व क्षति हुने अवस्थामा आएको हो । मुद्दाको फैसला र प्राविधिकले सवारीसाधनको पहिचान गरिसकेपछि मूल्याङ्कन समितिले तिनको मूल्यांकन गरी मूल्य निर्धारण गरेपछि विज्ञापन मार्फत लिलामी प्रक्रिया अघि बढाउने कानूनी प्रावधान रहेको छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News