मधेश प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा एमालेका नेता प्रभु साहलाई पहाडको कुनै जिल्लाबाट उम्मेदवारी दिइ जितेर देखाउन चुनौती दिएका छन् ।
प्रेम र सद्भावको पर्व होलीको अवसरमा जनता समाजवादी पार्टी नेपाल राजदेवी नगर कमिटीद्वारा शुक्रबार आयोजित होली मिलन तथा सांस्कृतिक समारोहमा राज्य मन्त्री यादवले भने,‘मधेश विरोधी राजनीतिक दलका मधेशी समुदायका नेताको रुपमा रहेका प्रभु साह , विमलेन्द्र निधि , कृष्ण यादव लगायतका नेतालाई हिम्मत छ भने पहाड र हिमालका कुनै पनि जिल्लाबाट जितेर देखाओस ।’ मधेश विद्रोहबाट मधेशी जनताको पहिचान स्थापना भएको भन्दै उनले धोती गम्छा सहितको प्रदेश मधेश प्रदेश रहेको र यसको देन उपेन्द्र यादवको रहेको जिकिर गरे । उनले भने,‘अहिले विभिन्न जात जातिको आरक्षण पाउनुमा जनता समाजवादी पार्टीको योगदान छ ।
’ नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मधेशी जनतालाई पटक पटक धोखा दिने गरेको उल्लेख गर्दै आहिले पनि षड्यन्त्र कायम नै रहेको आरोप उनले लगाए । आगामी स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा मेयर प्रत्याशी रामेश्वर प्रसाद यादवको नेतृत्वमा जसपाले जित्ने दाबी समेत उनले गरे । छोरा छोरीको बीच कायम रहेको विभेद असमानतालाई हटाएर समानता कायम गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले छोरी बीमा र साइकल वितरणको कार्यक्रम ल्याएको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले मधेशी जनताको अधिकारको लागि अघि बढेका जनता समाजवादी पार्टीलाई कमजोर पार्ने राष्ट्रिय दलले षड्यन्त्र गरेको बताए । मधेशको अधिकार नदिने सोच बनाएका पार्टीका नेताले जसपा विभाजन हुदै छ भन्ने भ्रम फैलाउने कार्य समेत गरेको टिप्पणी गरे ।
please subscribe our official youtube channel and support us
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

