२०७८ फाल्गुन २८, शनिबार ०९:५४

नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

शुक्रबार भएको दोस्रो चरणको मतदानमा खसेको २८ सय १४ मध्ये योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।

संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति निर्वाचित भएका हुन ।

धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News