२०७८ फाल्गुन २८, शनिबार १६:५२

जसपा पार्टीका केन्द्रिय सदस्य एवम वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बैवाहिक कार्यक्रममा आएका नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मेयर सरावगीलाई टिका लगाएर पार्टि प्रवेश गराएका छन् । शनिबार वीरगन्जको पर्सौनीमा आयोजित एक कार्यक्रममा मेयर सरावगी सहित ४ जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका हुन् । एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीको छोरी विहेमा सहभागी हुन अध्यक्ष ओली आएको मौका छोपि एमाले पर्साले मेयर सरवागीलाई पार्टि प्रवेश गराएको हो । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठ जस्ता एमाले मधेसी प्रभावशाली नेता समेत उपस्थित थियो ।

गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय चुनाव अघि फोरम प्रवेश गरेका थिए । पार्टी प्रवेशलगत्तै उनले मेयरको टिकट पाएका थिए ।एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुने सुनिश्चितता पाएपछि सरावगी पार्टि प्रवेशका हुन । पछिल्लो समय जनता समाजवादी पार्टी९जसपा०मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए । यसअघि उनी कांग्रेस प्रवेश गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर अचानक एमालेमा प्रवेश गरेका हुन् ।

Comment


Related News