२०७८ फाल्गुन २८, शनिबार २१:०४

जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

काठमाडौँमा शनिबार सुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा भने स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्नेबारे छलफल हुने बताए ।

विभाग प्रमुख खतिवडाले केन्द्रीय समितिको बैठकमा पार्टीको स्थानीय निकाय निर्वाचनसम्बन्धी निर्देशिकामाथिको छलफल र संगठनात्मक सवालबारे छलफल हुने पनि बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘समसामयिक राजनीति र जसपाको कार्यदिशा भन्ने राजनीतिक प्रतिवेदन छ । जो संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरे । त्यसमाथि अहिले हामी ८ वटा समूह छलफल सकेर हलमा ल्याएर कमन डिस्कसन गरिरहेका छौँ । भोलिदेखिका अन्य महत्वपूर्ण एजेन्डा भनेको स्थानीय निर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने, पार्टीको स्थानीय निकाय निर्वाचनसम्बन्धी निर्देशिकामाथिको छलफल, तेस्रो संगठनात्मक सवाल छन्। पार्टीको आन्तरिक जीवनबारे छलफल। समसामयिक राजनीतिमा हाम्रा धारणा के हुन् ? भनेर सामूहिक प्रस्ताव पारित गर्ने भन्ने ४ एजेन्डामा तीन दिनको बैठक केन्द्रित हुन्छ ।’

विभाग प्रमुख खतिवडाले केन्द्रीय समितिको बेठकमा समसामयिक राजनीतिमा पार्टीका धारणाबारे पनि विस्तृत छलफल गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News