२०७८ फाल्गुन २९, आईतवार ०६:५४

नेपाल नेत्रज्योति संघ मलंगवा,सर्लाहीको साधारण सभा सम्पन्न भएको छ । संघको सर्लाही शाखाले सदरमुकाम मलंगवामा शनिवार एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो ।

नेपालमा अन्धोपन निवारणका लागि झण्डै चार दशक अगावै वि.स २०३५ साल चैत १३ गते स्थापना भएको नेपाल नेत्र ज्योति संघ अन्तर्गत वि.स २०४१ सालमा विभिन्न गाउँहरुमा आँखा शिविर सञ्चालन गरी आएको बेला सर्लाहीमा बरिष्ठ समाजसेवी राम बहादुर अमात्य, अमरनाथ जैसवाल,चरित्र बहादुर प्रधान ,विष्णुलाल अमात्य र डा.धन बहादुर शाहीको प्रयासमा नेपाल नेत्र ज्योति संघको स्थापना गरिएको हो । सोही संघले २०५५ सालमा मलंगवा नगरपालिकामा सर्लाही आँखा उपचार केन्द्र सञ्चालन गरी आँखा रोगीहरुको उपचार सेवा गर्दै आएको हो । संघको साधारण सभामा कोषाध्यक्ष सत्यनारायण अग्रवालले प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको तर्फबाट फागु पूर्णिमा होली तथा नव वर्ष २०७९ को शुभकामना दिएका थिए ।

संघका सभापति अमरनाथ प्रसाद जैसवालको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथीको रुपमा एकजना आँखाको रोगी जनक किशोर साहलाई प्रमुख अतिथिको रुपमा आशन ग्रहण गराइएको थियो। सो साधारणसभामा संस्थाको विकास तथा उन्नतिका लागि बेलाबेलामा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहेका मलंगवाका स्थानीय समाजसेवी तथा बरिस्ठ व्यक्तिहरुलाई संघको तर्फबाट दोसल्ला ओढाएर कदरपत्रसहित सम्मानित समेत गरिएको संघका सदस्य मुकेश कुमार जयसवालले बताए । सर्लाही आँखा उपचार केन्द्र मलंगवाको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मेयर निरसल साह,चौधरी आँखा अस्पताल लहानका संस्थापक अध्यक्ष रवीन्द्रनाथ चौधरी,संघका निवर्तमान सभापति पुष्प रंजितकार,राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,समाजसेवी तथा सर्लाही चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता “सुगन्ध“, सहारा मल्टिपर्पस को,सो मलंगवाका प्रबन्धक सुनिल कुमार गुप्ता लगायत ने.ने.ज्योती संघका पदाधिकारी, सर्लाही आँखा उपचार केन्द्रका कर्मचारीहरु, पुर्व शिक्षक,समाजसेवी ,बुद्धिजीवी तथा उपचारका लागि केन्द्रमा आएका आँखा बिरामीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन संघका सदस्य मोतीलाल झाले गरेका थिए ।

Comment


Related News