२०७८ फाल्गुन २९, आईतवार ०७:०४

त्रिमुर्ति शिवजयन्ति महोत्सव अन्तर्गत बाराको जितपुरमा परमात्मा प्रत्यक्षताको महापर्ब महाशिवरात्री बिषयक अध्यात्मिक प्रबचन कार्यक्रम सम्पन्न भएको छ । ब्रहमकुमारी राजयोज उपसेवा केन्द्र बिरगंजकी मुख्य सञ्चालिका ब्रहमकुमारी रबिना दिदीको सभाध्यक्षता तथा पु्रदेश सरकारका पुर्ब भौतिक योजना पुर्बधार बिकास मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि सोनलले अध्यात्मिक चेतनाबाट नै मानवमा सत्यचरित्र र देवेत्वको जागृत हुने बताउँनुभएको थियो ।चरित्रवान मानवबाट नै सभ्य सु संस्कारित समाज र राष्ट्र निर्माण हुने जानकारी दिनुभयो । ब्रहमकुमारी संस्थाले यस कार्यमा ईश्वरीय माध्यमको रुपमा निश्वार्थ सेवा गरिरहेकोमा खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य गणेशजी प्रसाद साह ,लोसपा क्षेत्र नं.४ का अध्यक्ष घनश्याम गिरी ,लोसपा नगर संयोजक शिवजी साह सोनार , जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साह,समाजसेवी अफताब आलम लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News