२०७८ फाल्गुन २९, आईतवार ०७:१२

जनकपुरधाममा परिवारिक साक्षरता, रैथाने सिकाइ र नेपालमा दिगो विकासको संभावनाको अनुसन्धान गरि तयार पारिएको प्रवोधिकरण पुस्तक सरोकारवालालाई हस्तानतरण गरिएको छ ।

शनिबार, त्रिभुवन विश्वविद्यालय, शिक्षाविकास तथा अनुसन्धान केन्द्रको आयोजना र इस्ट एङ्गलिया विश्वविद्यालय, वेलायतको सहकार्यमा प्रदेशका विभिन्न जिल्लाहरुमा गरिएको अनुसन्धान पश्चात तयार गरिएको पुस्तकको प्रवोधिकरण गरिएको छ भने रैथाने ज्ञान तथा अभ्यास अभिलेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । कार्यक्रममा नेपालमा बस्दै आएका प्रत्येक भाषा, धर्म, जातजाती, समुदायमा रहेका रैथाने ज्ञान सिप र अभ्यासको महत्व, फाईदा, अवस्था र सम्भावनाको बारेमा छलफल एवम सुझाव संकलण गरिएको हो । रैथाने ज्ञान सिपलाई आगाडि बढाउन अन्तरपुस्ता अन्तरक्रिया र साक्षरताको उपयोग गर्न आवश्यक रहेको कार्यक्रममा उपस्थित सहभागीहरुको भनाई थियो । रैथाने ज्ञान सिप एउटा पुस्तादेखि अर्को पुस्तासम्म हस्तानतरण हुँदै आएतापनि नेपालको शिक्षा क्षेत्रमा यसलाई बेवास्ता गरिएको, कार्यक्रममा सहभागीहरुको आरोप थियो । रैथाने ज्ञान सिपको प्रयोग गरि व्यवसायीकरण गर्न सकिए शिक्षा, कृषि तथा स्वास्थय क्षेत्रमा समाज र राष्ट्र दुबैलाई आर्थिक रुपमा सुदृढ गर्न सकिने बक्ताहरुको भनाई थियो । रैथाने ज्ञान सिपलाई अगाडि बढाउन सरकारी गैरसरकारी, शैक्षिक तथा सामाजिक स्थरमा गम्भीर भएर लाग्न आवश्यक रहेको बक्ताहरुको भनाई थियो ।

अनुसन्धान प्रवोधिकरण एवम उक्त कार्यक्रमका संयोजक त्रिभुवनविश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्रका उपप्रध्यापक डा.कमलराज देवकोटा रहेका थिए । कार्यक्रमको अध्यक्षता प्रा.डा. विनोद लुइटेल गरेका थिए भने कार्यक्रमका विशेष अतिथि मधेश प्रदेश शिक्षाशाखा प्रमुख ठुलोबाबु दाहाल रहेका थिए । त्यस्तै, कार्यक्रममा जनकपुरधामस्थित रा.रा.ब क्यामपसल र राजर्षि जनक विश्वविद्यालय क्यम्पसका क्यमपस प्रमुखहरुको उपस्थित रहेको थियो । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख मिहिलाल यादव, महिला विकास महाशाखाका अन्जु पाण्डेय, सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधिहरु र गैरसहकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

Comment


Related News