२०७८ फाल्गुन ३०, सोमबार ०७:०८
सेवाग्राहीसंग घुस लिएको आरोप खेपिरहेका जनकपुरधाम उपमहानगरपालिका– १३का वडाध्यक्ष शुभनारायण मण्डलले विशेष अदालतबाट सफाइ पाएका छन् । नागरिकता प्रमाणपत्रको सिफारिस गर्न घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध गत वर्ष आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतमा सुनवाइपछि उनलाई सफाइ दिइएको हो । विशेष अदालतबाट सफाइ पाएपछि मण्डलले नेपालको न्याय प्रणाली प्रति पहिलेदेखि नै विश्वास रहे पनि अब त्यो विश्वास झनै बढेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपालको न्याय प्रणालीमाथि मलाई विश्वास थियो, त्यसैले आज म विशेष अदालतबाट सफाइ पाएको छुँ ।’
please subscribe our official youtube channel and support us
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

