२०७८ चैत्र १, मंगलवार ०८:०८

अनिल तिवारी वीरगञ्ज । नेकपा एमालेले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई भित्र्याए लगतै राजेशमान सिंह बाहिरिन लागेका छन् ।

वीरगञ्ज महानगरपालिका मेयरको टिकट पाउने विश्वासमा लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) परित्याग गरेका सिंहले एमालेमा प्रवेश गरेका थिए । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई भित्र्याएपछि सिंह असुरक्षित महसुस गर्दै पार्टी परित्याग गर्न लागेका हुन् । गत चुनावमा सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरमा चुनाव लडेका थिए । सिंह तेस्रो स्थानमा रहेका थिए । एमालेका अध्यक्ष ओली निवासमा काठमाण्डु पुगेर मेयरको टिकट पाउने वचन लिएर फर्केका सिंहले भारी तामझामकासाथ औपचारिक रुपमा वीरगञ्जमा प्रवेश गर्ने तयारीमा जुटेका थिए ।तर उनलाई सरावगीले उछिन्नेपछि उनी निराश भएको बताइन्छ । मेयर सरावगीको प्रतिस्पर्धीको रुपमा आफूलाई स्थापित गर्न उनको विरोध गर्दै आएका सरावगीसंग एउटै पार्टीमा बस्ने वातावरण नभएको भन्दै राजेशमान सिंह श्रेष्ठले सामाजिक सञ्जालको माध्यमबाट सल्लाह मागेका छन् । उनले अन्तिम निर्णय लिन सामाजिक सञ्जाल मार्फत वीरगञ्ज महानगरवासीसित सुझाव मागेका हुन् । सरावगी प्रवेशसंगै एमाले पर्सा दुई चिरामा बिभाजित भएको छ ।

एमाले भित्रै केहीले सरावगीलाई पार्टीमा प्रवेश गराउनु उपयुक्त भएको तर्क गरिरहेका छन् ।तर अर्को पक्षले भने सरावगीको प्रवेशले पार्टी नै खतरामा पर्न सक्ने चेतावनी दिँदै उनको प्रवेशको विरोध गरेका छन् । एमाले प्रवेश गर्ने क्रममा श्रेष्ठले लोसपा र जनता समाजवादी पार्टी( जसपा)लाई सराप्दै जातीय स्वार्थमा लिप्त रहेको आरोप लगाएका थिए । उनले महन्थ ठाकुरको चर्को आलोचना गरेका थिए । जसपाका संघीय सांसद प्रदीप यादवको सक्रियतामा सिंह मेयरको टिकट पाउने आशमा परेका छन् । स्रोतहरुका अनुसार उनी चाँडै एमाले परित्याग गरेको घोषणा गर्दै जसपामा प्रवेश गर्ने तयारी थालेको बताइन्छ ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News