२०७८ चैत्र २, बुधबार ०७:२८

प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उप–महानगरपालिका–१३का जोगिन्द्र पासमानको छोरा ४२ वर्षीिय रामजी पासमान र उनको श्रीमती ३२ वर्षीय विभा पासमानलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते सजाय फैसला गरेको थियो । सो फैसला पछि यिनीहरु फरार रहेका थिए । फैसलाले प्रतिवादी रामजि पासमानलाई २२ (बाईस) वर्ष कैद र दुई लाख पचास हजार जरिवाना को सजाय सुनाएको छ भने विभा पासमानलाई १७ वर्ष कैद र एक लाख पचास हजार जरिवानाको सजाय अदालतले सुनाएको छ ।

फरार रहेका अभियुक्तहरुलाई जनकपुरधाम उप–महानगरपालिका– १३बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका अभियुक्तहरुलाई अदालत समक्ष प्रस्तुत समेत गरिएकोमा अदालतले उनीहरुलाई कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश दिएको जानकारी समेत दिइएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

Comment


Related News