२०७८ चैत्र २, बुधबार ०८:१०

जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंर मिश्रले धार्मिक सद् भाव नबिर्गाने गरी होली पर्व मनाउन सबै सँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मंगलबार आयोजना गरेको होली मिलन कार्यक्रममा प्रमुख मिश्रले होली पर्व हाम्रो साँस्कृति रहे पनि यसलार्ई धार्मिक सदभाव, भाईचाराको हिसाबले बनाउनुपर्नेमा जोड दिए । धार्मिक सद्भाव र भाईचाराले समाज विकास निर्माणमा अगाडि बढ्ने बताउँदै उनले भने,‘ होली पर्वले हाम्रो समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो ।’ कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, शारदा थापा, नेकपा एमालेकी साँसद रामअशीष यादव , नगरप्रमुख लालकिशोर साह , वरिष्ठ पत्रकारहरु राजेश्वर नेपाली , रामभरोस कापडि र परमेश्वरm कापडि लगायतकाले होली पर्वको शुभकाना दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले संघीयतामा पनि राज्यले पत्रकारलाई देख्ने दृष्टिकोणमा परिवर्तन नआएको गुनासो गरे । मधेश प्रदेश सरकारले संघीय सरकार जस्तै यहाँका पत्रकारहरुसँग दुव्र्यवहार गर्दै आएको उनको भनाई थियो ।

प्रदेश सरकारले संचारकर्मी र संचार माध्यम सम्बन्धी चोरीको बाटोमा ऐन ल्याएको उनले आरोप लगाए । कार्यक्रम नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comment


Related News