२०७८ चैत्र ३, बिहीबार ०७:०४

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू विहीबार जनकपुरधाम आइपुग्ने भएका छन् ।

परिक्रमामा सहभागी यात्री भारतको बिहार राज्यको करुणाबाट भगवान् राम तथा माता सीताको डोला बाजागाजा तथा झाँकीसहित बुधवार विशौल पुगेर विश्राम गर्ने भएकोछ । भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउने र ४ गते बिहान पञ्चकोशी अन्तर गृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न हुनेछ ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला मध्यमा परिक्रमामा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा १ सय ३३ किलोमिटरको यात्रा गर्ने गरेका छन् । शान्ति, समृद्धि, सुख, ऐश्वर्य र मोक्ष प्राप्ति हुने जनविश्वासका साथ सय यात्रीहरु आआफ् नो घरबाटै भोजन र आवासको व्यवस्था सहित परिक्रमामा सहभागी हुने गरेका छन् । परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ ।

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको मध्यमा परिक्रमा पूर्णिमाका दिन अन्तर गृह परिक्रमा सकेपछि सम्पन्न हुने परम्परा रहेकोछ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=7s

Comment


Related News