२०७८ चैत्र ३, बिहीबार ०७:११

जनकपुरधाम । मारवाडी समिति सेवा जनकपुरधामको नयाँ कार्यसमिति चयन गरिएको छ ।

जनकपुरधाम स्थित मारवाडी सेवा समितिको प्रागंणमा बुधबार सम्पन्न भेलाबाट विक्रम जैनको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अभिशेष अग्रवाल,महासचिवमा मुकुन्द मुरारका,कोषाध्यक्षमा आकाश मोहँकको चयन गरिएको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेकोछ । त्यस्तै समितिको सदस्यहरुमा अनिकेत रुंगटा,गौरव झुनझुनबाला,आर्यन मुरारका,अंकुर भिस्मा तथा अमन अग्रवाल रहेको जनाइएकोछ ।

Comment


Related News