२०७८ चैत्र ३, बिहीबार ०७:२६

राजविराज । मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले बुधबार आगलागी पीडित परिवारहरुसंग भेटघाट गरेका छन् ।

गत शनिबार राति भएको आगलागीमा परी सर्वस्व गुमाएका सप्तरीको अग्निसाईर कृष्णासवरन गाउंपालिका– ४ टेङरीका पीडितहरुलाई भेटेर मन्त्री साहले घटनाबारे जानकारी लिएका हुन् । मन्त्री साहले पीडितलाई भेटेर प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दे प्रदेश सरकारको तर्फबाट पीडितहरुको लागि पक्की घर निर्माण गर्न सहयोग गर्ने बताए । आवश्यक काठ सहितको घर निमार्णमा लाग्ने सामग्रीका लागि सरोकारवालाबाट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मन्त्री साहले अग्निपीडिहरुलाई खाद्यान्न, लत्ताकपडा , त्रिपाल, स्टेसनरी,सोलार लाईट, भाँडाकुँडा, म्याट, माक्स, स्यानिटाईजर, किशोरी किड्स,डिगनिक किड्स लगायतका राहत सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टी सप्तरीका कोषाध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउंपालिका–५ का वडा अध्यक्ष श्रीप्रसाद यादव, जसपा नेता राज कुमार यादव, गाउंपालिका अध्यक्ष सत्यनारायण चौधरी, जिल्ला सदस्य, राम कुमार चौधरी, दिनेश कुमार साह, गाउंपालिका सचिव मिलन चौधरी लगायतका स्थानीय जसपा नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । आगलागीमा परी १० परिवारको २७ वटा घरगोठ पूर्णरुपले जलेर नष्ट हुँदा २ करोड बराबरको क्षति भएको थियो । टेंगरीका १३ घर परिवार आगलागी पछि घरबारविहीन बनेका छन् ।

Comment


Related News