अपडेट 
२०७८ चैत्र ४, शुक्रबार ०८:१७

जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा प्रत्येक वर्ष धूमधामसँग मनाइने होरीहोली) महोत्सव अन्र्तगत विहीबार होरी गायन प्रतियोगिता सहितका कार्यक्रम गरी मनाइएको छ ।

होरीका अवसरमा जनकपुरधाम स्थित जानकी मन्दिरको प्राङ्गणमा जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ । होरीका अवसरमा आयोजना हुने सो सम्मेलन देशभरि प्रसिद्ध रहेको छ । फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता र कवि गोष्ठीको आयोजना गरिएको छ । विहीवार सम्पन्न होरी गायन प्रतियोगितामा धनुषाको बेलापट्टीका होरी गायन टोलीले प्रथम स्थान हासिल गरेको छ भने बसहिया टोली द्वितीय ,धनुषा जिल्लाकै धनुषाधामको मंगलपुर तृतीय र धनुषा जिल्लाकै बलहा कठालका महिला होरी गायन टोली चौथों स्थान प्राप्त गरेको कार्यक्रमका सञ्चालक श्याम सुन्दर शशिले जानकारी दिए । द्वितीय , तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको जानकारी दिए ।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्ख सहित विभिन्न व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । होरी गायन प्रतियोगितामा धनुषा,महोत्तरी, सिरहा, सप्तरी र सर्लाही लगायतका ९ वटा टोली सहभागी भएका थिए । महोत्सवको दोस्रो दिन शुक्रबार महामूर्ख सम्मेलन आयोजना गरिने जानकारी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News