अपडेट 
२०७८ चैत्र ५, शनिबार १७:१४

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ जना र २ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४०९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल सम्म नेपालमा ९ लाख ६२ हजार ५ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ९५ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने १०६ जना क्वारेन्टाइनमा रहेको मनत्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News