२०७८ चैत्र ६, आईतवार १६:३३

दुवईबाट काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मेहराले मलद्वारमा लुकाएर ल्याएको १२ सय ७० ग्राम सुन बरामद गरेको छ । नेपाल वायुसेवा निगमको जहाँबाट काठमाडौं ओर्लिएका उनलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र सुन फेला परेको थियो ।

धुलो सुनको डल्लो बनाएर उनले मलद्वारमा लुकाएका थिए ।

Comment


Related News

Latest News

Trending News