२०७८ चैत्र ७, सोमबार ०७:१०

वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका– ५ का ३६ वर्षीय दान बहादुर मगरलाई पक्राउ गरेको हो । गिर बहादुर थापा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दान बहादुर मगर भएको वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा फरार रहेका थिए । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डुको च.न. १९६७ पत्र आदेशानुसार मगरलाई फागुन ३ गते पक्राउ गरिएको भए पनि आइतबार सार्वजनिक गरिएको छ । प्रहरी चौकी चिसापानी धनुषा तथा जिप्रका धनुषाबाट खटेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

Comment


Related News