जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगपालिकामा सडक दुर्घटनामा परी दुई जना न्यायाधीश घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नपाको खडक खण्डमा भएको दुर्घटनामा दुईजना न्यायाधीश घाइते भएका हुन् । जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले दुर्घटनामा सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा.२ झ. ३९२५ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गेको ना.१ज. ६५०७ नम्बरको विंगर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते दुबै न्यायाधीशलाई उपचारका लागि काठमाण्डुको मेडिसिटी अस्पताल पठाइएको जानकारी दिइएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=AwbGUN3nmwg

