२०७८ चैत्र ८, मंगलवार ०७:१९

हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले हँसपुर–७ स्थ्ति नव निर्मित कविर आश्रमको समुद्घाटन गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रम विच सो आश्रमको समुद्घाटन गरिएको छ । प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै मेयर साहले कविर आश्रमको समुद्घाटनले सम्पूर्ण कविरपन्थीहरुप्रतिको आफ्नो आगाध प्रेम र लगाव दर्साएको बताएका थिए । उनले कविर पन्थीहरु अहिलेपनि धेरै ठाउँमा अपहेलित तथा उहाँहरुको सम्मान जुन प्रकारले हुनुपर्ने त्यो नभएको गुनासो गरेका थिए । मेयर मण्डलले कविर पन्थीहरुकोलागि आफूले ठूल ठूला योजनाहरु ल्याएपनि केही कारण बस कार्यान्वयनमा समस्या भएको स्वीकार गरेका थिए । कविरपन्थीहरु आफूहरुको मार्ग दर्शक रहेको बताउँदै मेयर मण्डलले आगामी दिनमा आपूmले सोचेका कुराहरुलाई सकार बनाउने योजना रहेको दावी गरेका थिए ।

विगतमा भएका समस्याहरु सवै सामु स्पष्ट रहेको बताउँदै मेयर मण्डलले आगामी दिनमा कविर पन्थीहरुकालागि सुविधा सम्पन्न व्यवस्था गर्ने बचनवद्धता समेत प्रगट गरेका थिए ।

Comment


Related News