अपडेट 
२०७८ चैत्र ८, मंगलवार ०७:३३

केटीको अकाल जस्तो देखिन्छ । तर त्यस्तो छैन । अकाल किन हुनु । केटीको पर्याप्ता त छ । तर केटाहरुका अभिभावकहरु केटीहरु खेज्न बेहाल छन । यस्तो अवस्था किन आयो । केही वर्ष पूर्वसम्म पनि केटीहरुका अभिभावकहरु केटा खोज्न बेहाल देखिन्थे । उपयुक्त केटा पाउन गाह्रो थियो, पाएपनि बढी दाइजो । केटाको फरमाइस अनुसार दाइजोको लागि कति लेत आफनो जग्गा जमीन वेचन बाध्य हुन्थे । तर अहिले त्यस्तो अवस्था रहेन । अहिले केटाका अभिमावकहरु उपयुक्त केटी खोज्न बेहाल छन । सबैलाई सुसंस्कृत, पढे लेखेकी, सुन्दर, उपयुक्त उमेर की चाहिन्छ । यसको साथै दाइजो पनि दिने खालको पविार भयो झन राम्रो । तर यो सबै मिलेको पाउन त गाह्रो छ । यस्ती सर्वगुण सम्पन्न केटी त कहाँ पाउनु । यस्तो केटीको अभाव जस्तो देखिनु किन भयो ? यसको कति कारणहरु छन । जसमा मुख्य कारण केटीहरुमा छ, शिक्षाको प्रचार । शिक्षाको कारणले केटीहरु आफनो भविष्य प्रति सजग र सचेष्ट भएकी छिन ।

अर्को कारण यो छ कि अभिभावकहरुद्वारा विवाहको लागि केटाको व्यवस्था भएपछि आफनो मनोनुकुल नहुने पनि हुन्थ्यो । अर्को कारण यो छ कि केटीहरु आजकल विद्यालय र महाविद्यालयमा पढ़ने गर्दछिन । त्यहाँ पढ़ने केटाहरुसँग आफनो अनुकुल र मन मिल्ने केटाहरुसँग सम्पर्क भै प्रेम पासमा बान्धिन्छिन । यसले गर्दा र शिक्षा प्राप्त गरी सकेकी केटीहरुले केटाहरुलाई अस्विकार गरी दिन्छिन । प्रस्तावित केटाहरुको रंग, अनुहार, शिक्षा आदि उपयुक्त न देखेपछि अस्विकार गरी दिन्छिन कतिपय केटीहरु । स्कूल, कलेजमा अध्ययनरत केटीहरुको केटासँग प्रेम सम्बन्ध आजकल सामान्य जस्तो भै सकेको देखिन्छ । यसले गर्दा अभिभावकहरुद्वारा निश्चित गरिएको केटाहरु मन पराउने कुरै भएन । यस्ता केटीहरु अथवा केटाहरु अभिभावकहरुले व्यवस्था गरिएको केटा अथवा केटी ठाढ़ै अस्विकार गर्ने गरेको देखिएको छ । केटी अथवा केटाले प्रेम सम्बन्ध स्थापित गर्दा अन्तरजातीय सम्बन्ध पनि हुन सक्छ । आफ्नै जातमा हुन्छ भने आवश्यक हुँदैन । केटा–केटीले प्रेम विवाह गरेपछि केटा– केटीका अभभावक विशेष गरी केटाका अभिभावकहरुलाई मन पर्दैन तर छोरा अथवा छोरीले उनीहरुको आफ्ना मन अनुसार विहे गरेको कुरा स्वीकार गर्न उसको वाध्यता हुन्छ र अस्विकार गरे केटा अथवा केटीले कुनै दुर्घटना गर्न सकछ ।

त्यसैले केटाकेटीको अभभावकले मन नमाने पनि यस विवाहलाई स्वीकार गरी रहेका छन । तर पारिवारिक अस्विकृतिबाट भएको यस्ता विहेका कारण कतिपय अवस्थामा केटाका बुबाले आत्महत्या गरेको यथार्थ छ । साधारणतया यस्ता प्रेम विवाहमा अभिभावकहरुले भित्री मनले स्वीकार गरेको हुँदैन र यसले परिवारमा केटा अथवा केटीकोमा अनिष्ट निम्त्याई रहेको यथार्थ छ । त्योहो अभिभावकद्वारा तनावमा बस्नु र पछि मृत्युवरण गर्नु पनि देखिएको छ । यस्ता प्रेम विवाहहरुमा अन्तरजातीय विवाह अभिभमावकहरुलाई अधिक पिरोलेको र तनावमा पारेको देखिन्छ । यस्ता प्रेम विवाहले गर्दा कहिले काही केटी पट्टीबाट केटा तर्पm आक्रमण पनि हुने र पुलिससम्म पुग्ने गरेको पाइ्रन्छ । र यस्तो अवस्थामा दुवै तिरबाट संघर्षको अवस्थामा कहिले काँही केटा र केटी दुवैको हत्या गरिएको पनि पाइएको छ ।

प्रेम विवाह कति सफल

समाजमा दाइजो आदिका कारणले पनि केटीहरुको विहे समयमा हुँदैन र यसकारणले पनि केटीहरु आफ्नो बाटो रोज्न वाध्य हुन्छन । यिनीहरु सिनेमा र टेलिफिल्महरुमा भै रहेको यस्ता विवाहहरुबाट पनि प्रभावित भै रहेको हुन्छन । कसै कसैले त प्रेम सम्बन्ध बनाउनु आधुनिकताको पहिचान मान्दछिन । यस्ता प्रेम सम्बन्ध गर्नेहरुले आपूm अधिक आधुनिक हुने ठान्दछन । यस्तो मा आजकल प्रचलनमा रहेको “लीभ टुगेदर” यसलाई बढ़ी हवादी रहेको देखिन्छ । यस्तो अवस्थामा विवाह पूर्व गर्भधारण गर्दा समस्या हुने गरेको देखिन्छ । कहिले काही गर्भधारण गरेपछि केटाले केटीलाई अस्विकार गरी दिने गरेको पनि पाइन्छ । अनि केटीले केटाबाट उसले गर्दा गर्भधारण गरेको केटोको पछि ढ़ोका ढ़ोका चहार्नु सिवाय अरु विकल्प रहदैन । हाम्रो देशको कानून यस्तो अवस्थामा महिलाको पक्षमा रहेको तर प्रमाण पनि खोज्रिन्छ । मानौं विवाह पूर्व गर्भधारसण नगरेको र विवाह भयो भने दाम्पत्य जीवनको अवस्था कस्तो हुन्छ ?

जुन बेला प्रेम विवाहको प्रचलन समाज थिएन त्यस वखत भनिन्थ्यो केटा र केटीको अभिभावकहरुले व्यवस्था गरि दिए अनुसार विहे हुन्थ्यो र त्यस वखत भनिन्छ विवापछि पति र पत्नीमा प्रेम प्रारम्भ हुन्छ । जो आजीवन रहन्छ । तर अब यस्तो प्रेम विवाहको प्रचलनमा त भनिन्छ प्रेम त विवाह पूर्व नै भै सकेको हुन्छ विवाह पछि तलाकको कुरा हुनु शुरु हुन्छ । सिनेमा र टेलिफिल्महरुकोबाट प्रभावित यी दम्पतिहरुको भन्दा को कम ? अवस्थामा पुग्छन र सानो तिनो कुारमा पनि चप्पल– जुत्ता उठाउन पनि हिचकिचाउदैन र केटीहरु आफ्नो अधिकारको लागि जे गर्न पनि तैयार हुन्छिन । उनीहरुको सामने सीता– सावित्रीको चरित्र हराउछ र केही लागेन भने थाना पुलिस सम्म पुगछिन र तलाकको तैयारी गरी अदालत सम्म पुगछिन । उमेर बढ्दै गरेको अवस्थामा जति सुकै पढ़े लिखेको युवा–युवतीहरु भएपनि जोश र आधुनिकता उस माथि हावी भै हाल्छ । तर आधुनिकताको नाममा जोशमा होस गुमाउनु बुद्धिमानी त पक्कै हुँदैन । आफ्नो जीवन साथी रोज्दा आफ्नो सन्तान र आफ्नो भविष्य प्रति सजग त हुनै पर्छ । अर्को कुरा के छ भने कहिले काही प्रेम विवाहमा कुनै मन्दिरमा गएर एक अर्कालाई माला लगाएर विवाह गरेको मान्दछन ।

यस्तो विवाहमा आफ्नो जातीय संस्कार अनुसार विधि व्यवहार हुँदैन र संस्कार व्यवहार विहिनताको अवस्था पनि आउँछ । पहिलाको समाजमा सीता– सावित्रीको चरित्र र रामको चरित्र आदर्श थियो । तर आजको आधुनिक समाजमा यो सबै हराइ सकेको पाइन्छ । आजको समाजमा यो स्वीकार हुँदैन । र अपत्यारो लाग्दछ । प्रत्येक प्रेम विवाहमा यस्तो कलह भै नै हाल्छ भने त होइन । कति प्रेम विवाह सफल पनि भएको छ र आजीवन सुख–दुख सँग सँगै विताइ रहेको देखिन्छ । उनीहरुमा त आजीवन एकै रंगले प्रेमको धारा बगाउदै जीवन विताएको पनि देखिन्छ ।

Comment


Related News

Latest News

Trending News