२०७८ चैत्र ८, मंगलवार १४:१८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनमा मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा गठबन्धनको नेतृत्व तहमा छलफल भएको बताए ।

‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ’, प्रचण्डले भने ।

एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।

अर्को प्रंसगमा उनले छिटै नागारिकता विद्ययेक संसदमा पेश गरि पास गरिने बताए ।

Comment


Related News