लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धन र सरकारमा सहभागिताको विषयमा छलफल भइरहेता पनि वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा शामिल हुने कुनै छाँटकाँट नरहेको बताएका छन।
जनकपुरधाममा मधेश प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महन्थ ठाकुरले संघिय सरकारमा सहभागिता र स्थानिय निर्वाचनका लागि हुन सक्ने गठबन्धन र तालमेलका लागि अव छलफल भइरहेको बताएका छन् ।
ठाकुरले सरकारमा सहभागिता र चुनावी तालमेलको विषयमा छिट्टै निश्कर्ष लाग्ने भन्दै त्यस विषयमा नेता कार्यक्रताहरुलाई जानकारी गराइने बताएका छन् ।
ठाकुरले एमसीसी देशका लागि घातक नरहेको बताउदै शैन्य गठबन्धनको कुराहरु निराधार रहेको टिप्पनी गर्नु भयो । सडक र बिजुलीको विकासका लागि मात्र एमसीसी जारी गरिएको उनको भनाई छ ।

